खेलकुद

मलेसियासँग नेपालले टस हार्‍यो, पहिला बलिङ गर्ने

By खबरहब

April 12, 2024

काठमाडौँ– एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ ।

ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ । मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । यो सँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।  समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा ओमान, यूएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ ।

नेपालको प्लेइङ  : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

बेन्च : प्रतिश जि.सी, विवेक यादव र अनिल शाह ।