समाचार

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

By खबरहब

April 12, 2024

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि सांसदहरू विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखिन् ।

सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नै पर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताइन् ।

राष्ट्रियसभाको अर्को बैठक आगामी वैशाख ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।