फाइल तस्वीर

समाचार

सुन्तला ‘राष्ट्रिय फल’ घोषित

By खबरहब

April 12, 2024

काठमाडौं– सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्  ।

नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । याे नेपालको रैथाने फलफूल हो । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको हो ।