समाचार

पाल्पामा कार दुर्घटना, तीन जना घाइते

By खबरहब

April 12, 2024

पाल्पा – पाल्पामा कार दुर्घटना हुँदा तीन जना घाइते भएको छन् । बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार तानसेन नगरपालिका–५, सेतीपोखरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पौडेल, चालक रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

कार सडकदेखि करिब ५० मिटर तल खसेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।