देश/प्रदेश

गायक रवि ओडले गरे आत्मसमर्पण

By खबरहब

May 12, 2024

काठमाडौं– वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनी बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए ।

नेपाल आइडल सिजन– २ का विजेता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।