देश/प्रदेश

स्कूल बसमा आगजनी

By खबरहब

May 12, 2024

चितवन– चितवनको भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा स्माल हेभन स्कुल कल्याणपुरको बसमा आगजनी भएको छ ।

विद्यार्थी बोक्ने बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको संख्यामा रहेको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको छ ।

बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । आगजनीबाट बस पूर्ण रुपमा जलेको छ ।

उनले ६ जनाको स‌ख्यामा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताए ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।