देश/प्रदेश

धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना

By खबरहब

May 12, 2024

धनकुटा– धनकुटाको पाख्रीबास-लेगुवा सडक खण्डमा दुर्घटना भएको छ ।

आज बिहान ९: ५५ बजे बिराटनगरबाट भोजपुर तर्फ जान्दै गरेको अरुण वरुण यातायातको को १ ख ४६१० नम्बरको बस र भोजपुरबाट विराटनगर तर्फ जान्दै गरेको मे १ ज २६११ नं को बोलेरो पाख्रीबास वडा नं ५ स्थित देबीथान मोडमा एकापासमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि बोलेरोलाई आंशिक क्षति पुगेकोले मर्मतका लागि पठाइएको र बोलेरोमा सवार यात्रुलाई अर्को गाडीबाट गन्तव्य स्थल तर्फ पठाइएको इलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।