राजनीति

सरकारले प्रतिपक्षलाई न्याय गरेर भोलिसम्ममा छानबिन समिति बनाओस् : रमेश लेखक 

By खबरहब

May 12, 2024

काठमाडौं–नेपाली कांग्रेसले सदनको अवरोध हटाउन बल सरकारकै हातमा रहेको बताएको छ ।

आइतबार दिउँसो सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख सचेतक र सचेतकको छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेका थिए । उनले जुनसुकै हालतमा पनि गृहमन्त्री माथि छानबिन समिति बन्नुपर्ने तर्क  गरे ।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले भने, ‘संसदीय छानबिन समिति हुनुपर्छ भनेर पुनः स्मरण गराएँ। संसद् भनेको प्रतिपक्षको हो, बढी चाहिन्छ। सत्तापक्षले संसद् अवरुद्ध हुने स्थिति निर्माण गरेर प्रतिपक्षकाप्रति न्याय गरेको छैन । हामीले सरकारसँग आफ्नो कुरा भनेका छौँ ।’

उनले त्यसपछि भने, ‘भोलि दिउँसोसम्ममा सरकार वा सत्तापक्षले छानबिन समिति बनाउने कुरालाई अघि लिएर आउनेछ । भोलि निकास आउँछ । समाधान सरकारले गर्छ । नेपाल सरकारले बल गर्नुपर्छ । बल नेपाल सरकारको कोटमा छ।’