काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरिने या रहिरहने निर्णय भोलि बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुङ्गो लाग्ने जसपा प्रवक्ता मनिस सुमनले बताएका छन् ।
माओवादी केन्द्रले मधेस सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको बताइएको छ ।
तर अहिलेसम्म यसबारे कुनै निर्णय भने गरेको छैन । प्रवक्ता सुमनले खबरहबलाई भने, ‘विकसित घटनाक्रम नजिकबाट नियालेका छौँ । भो निर्णय गर्छौँ ।’
जसपा अध्यक्ष उपेन्द्र यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत गरेका थिए ।
मधेसमा माओवादी केन्द्रले सरकार छोडेसँगै एमाले पनि सरकार छाड्ने निर्णय गरेको छ ।