पृथ्वीनारायण शाहको फोटोसहित क्रिकेट हेर्न मैदान पुगेका नेपाली फ्यान विशाल पट्टेल। तस्बिरः मनोज सापकोटा

क्रिकेट

विश्वकप मैदानमा पृथ्वीनारायण शाहको फोटो बोकेका नेपाली क्रिकेट फ्यान

By खबरहब

June 12, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा बुधबार बिहान नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दै थियो। नेदरल्यान्ड्सविरुद्धको खेलमा जस्तै अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा नेपाली दर्शकको बाक्लो उपस्थित थियो। अमेरिकाका विभिन्न स्थानबाट मंगलबारदेखि नै क्रिकेट फ्यान फ्लोरिडा पुगेका थिए।

तिनै सयौं फ्यानको बिचमा केही नेपाली फ्यान भने पृथ्वीनारायण शाहको तस्बिरसहित उपस्थित थिए। एक नेपाली फ्यान विशाल पटेलले पृथ्वीनारायण शाहको तस्बिरभन्दा तल आउट लेखेको ठुलो फ्रेम बोकेको देख्न सकिन्छ। त्यही तस्बिर अर्का फ्यानले बोकेको फोटो सुवास हुमागाईंले ट्वीट (एक्स)मा पोस्ट गरेका छन्।

बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले प्रभावित भएको थियो। लगातार वर्षा भएपछि खेल हुन नसक्दा दुवै देशले अंक बाँडेका छन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।