खेलकुद

फिफा विश्वकप छनोट : नेपाल र यमनले खेले बराबरी

By खबरहब

June 12, 2024

काठमाडौं– फिफा विश्वकप २०२६ को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ ।

साउदी अरेबियाको दमाम शहर त प्रिन्स मोहमद विन फहद रंगशालमा गएराति भएको खेलमा नेपाल र यमनले २–२ गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि सञ्जिव विष्ट र जिलेस्पीजंग कार्की र यमनका नसीम अल–गाहवाही र मोहम्मद अल–दाहीले गोल गरेका थिए ।

यो बराबरीसँगै समूह ‘एच’ मा रहेको नेपालले ६ खेलबाट १ अंक जोडेको छ । नेपाल पुछारमा रहेर दोस्रो चरणको अन्त्य गरेको छ । यमनको भने ५ अंक भएको छ ।

यमनसँगको खेलसँगै नेपालका कप्तान किरण चेम्जोडङले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । उनी यो उपलब्धी हासिल गर्ने पहिलो नेपाली फुटबलर हुन् ।

समूह ‘एच’बाट युएई र बहराइनले विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । नेपाल र यमनले एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।