समाचार

बाँदरले बाली सखाप, मकैको बोटै बोकेर आन्दोलित भए किसान (तस्बिरहरू)

By खबरहब

June 12, 2024

दोलखा– बाँदरले बाली खाएर सखाप बनाइदिएपछि कृषकहरूले जुलुस निकालेका छन् ।

बर्खे बालीका रुपमा रहेका मकै लगायत बाली फल नलाग्दै बाँदरले सखाप पार्न थालेपछि दोलखाको मेलुङ गाउँपालिका-७ का किसान आन्दोलित भएका हुन् ।

उनीहरूले बाँदर आतंक तत्काल नियन्त्रण गर्न माग गर्दै चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले जिल्लास्थित राजनीति दलहरूलाई समेत बाँदर नियन्त्रणमा गम्भीर हुन मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले सदरमुकाममा जुलुस निकालेर नाराबाजी गरे ।  बाँदरले हैरान पारेपछि मेलुङका सयौँ कृषकहरू आफ्नो पीडा पोख्न सदरमुकाम पुगेका हुन् ।