राजनीति

एमाले सांसदले लगाए अमेरिका पुगेका क्यान पदाधिकारीमाथि भ्रष्टाचार आरोप

By खबरहब

June 12, 2024

काठमाडौं- नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले अमेरिकामा आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरूको मिलोमतोमा महंगोमा नेपालको जर्सीसमेत बेचिरहेको गुनासो आएकाले छानबिन समिति बनाउन माग गरेका हुन् ।

उनले विश्वकप खेल्ने नेपाली खेलाडीलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप पनि लगाए ।

खेलाडीले हस्ताक्षर गरेका खेल सामाग्रीहरू पनि मर्यादाहीन ढंगले बेचेर त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका जनाए ।

त्यस्तै उनले क्यानको कमजोरीका कारण सन्दीप लामिछानेले समयमै विश्वकप खेल्न नपाएको बताए । नेपाली टीमलाई पराजित गर्न क्यान पदाधिकारी नै लागेको उनले बताए ।