काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पार गरेको २१ सय विन्दु बुधबार पनि कायम भएको छ ।
सोमबार नेप्से ८.९० अंकले, मंगलबार ३३.१५ अंकले र आज बुधबार ६.३८ अंकले नेप्से बढेको छ । आज नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा पुगेको छ ।
आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ७४ हजार ८५८ पटक किनबेच भएको छ ।
बुधबार ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ११९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
आज सेन्सेटिभ इन्डेक्स १.६७ अंकले, फ्लोट इन्डेक्स ०.५२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६० अंकले घटेको छ।
बुधबार १३ समूहमध्ये ९ समूहको शेयर मूल्य बढेको छ भने ४ समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी लघुवित्त समूहको ४१.२७ अंकले बढेको छ भने सबैभन्दा बढी निर्जीवन बीमा समूहको ५३.२० अंकले घटेको छ ।