देश/प्रदेश

सिंहदरबारमै बालश्रम शोषण, उद्धार गर्न पुग्यो महानगर (तस्बिरहरु)

By खबरहब

June 12, 2024

काठमाडौं– आज विश्व बाल श्रम- विरुद्धको दिवस । बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु र विभिन्न होटल र रेष्टुरेन्टमा काम गर्नु कानुनी अपराध मानिन्छ ।

यसै सन्दर्भमा कानूनको पालना र कानून बनाउने निकाय होस् भन्ने सुनिश्चित गर्न संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बालश्रम शोषणमा परेका बालबालिकाको उद्धार गरेको छ ।

महानगरले सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका रहेका छन् । 

उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिइन्।