क्रिकेट

अमेरिकाविरुद्ध पनि चल्न सकेनन् रोहित र कोहली

By खबरहब

June 12, 2024

एजेन्सी – आईसीसी टी–२० विश्वकपअन्तर्गत भारत र अमेरिकाको खेल अहिले जारी छ ।

अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको भारतका दुवै ओपनर आउट भएका छन् । कप्तान रोहित शर्मा छ बलमा तीन रन बनाएर आउट भएका हुन् भने विराट कोहली शुन्य रनमा आउट भए । ताजा अवस्थामा भारतले पाँच ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा २६ रन बनाएको छ ।

यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रनमात्र बनायो ।

अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए। स्टिभन टेलर्सले २४ रन तथा कोरी एन्डरसनले १५ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले चार विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट र अक्षर पटेलले १ विकेट हात पारे।