राजनीति

एमाले सांसद भन्छन् – अहिले देशमा सरकार छैन, हरायो

By खबरहब

July 12, 2024

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का सांसद दामोदर पौडेल वैरागीले अहिले देशमा सरकार नभएको टिप्पणी गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशभर बाढी, पहिरो र चट्याङका कारण धेरै धनजनको क्षति भइरहेकोछ । पोखरामा पहिरोले ११ जनाको ज्यान गएको छ। सामान्य उद्धार त भएको छ तर सरकारबाट समयमा राहत पुगेको छैन’, उनले भने, ‘आज बिहान मात्रै त्रिशूली नदीमा दुईवटा गाडीहरू खसेका छन् । अहिले सरकार छैन, एक किसिमले भन्दा यो बेला सरकार हराएको छ ।’

उनले यो विपत्ति आउने पूर्वानुमान हुँदा पनि सरकार नहुँदा समस्या भएको बताए । ‘पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस भेटिएका छैनन् । प्राकृतिक विपत्ति आउने कुराको पूर्वानुमान हामीले दिएका थियौँ’, उनले भने, ‘सरकारको लापरबाहीले हिजो संसद् बस्न सकेन । अहिले देशमा सरकार छैन, जनताले त्यहीकारण दु:ख पाए ।’