समाचार

‘कञ्चनपुरमा बाढीबाट भएको क्षतिको जिम्मा सरकारले लिनुपर्छ’

By खबरहब

July 12, 2024

काठमाडौं– नेकपा एमालेका सांसद तारा लामा तामाङले बाढीबाट कञ्चनपुरमा भएको जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा उनले गृहजिल्लामा बाढीका कारण भएको धनजनको क्षतिको विवरण संसद्लाई जानकारी गराउँदै क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् ।  

‘बारम्बार दोधा नदी र चौधर नदीका बारेमा बारम्बार आवाज राख्दा सम्बन्धित मन्त्रीले सुन्नै चाहेनन्,’ लामाले भने, ‘त्यस कारणले यो क्षति भएको छ । नैतिक रूपले यो सरकारले यसको जिम्मा लिनुपर्छ ।’ 

उनले अब बन्ने एमाले नेतृत्वको सरकारले दोधा र चौधर नदी नियन्त्रणका लागि गुरुयोजना बनाउनुपर्नेमा पनि जोड दिए ।

‘अब बन्ने सरकारले त्यसमा गुरुयोजना बनाएर मानवीय क्षति र हजारौं बिगाहा खेतीयोग्य जमिन कटान हुनबाट मुक्त गर्नुपर्छ,’ उनले भने ।