राजनीति

रमेश लेखकले रेस्टमबाटै भने- ओली प्रधानमन्त्री बन्नुहुन्छ, कांग्रेस सहमत छ

By खबरहब

July 12, 2024

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बताएका छन् ।

प्रधानमन्त्रीले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले  संविधानको धारा ७६ को २ अनुसार नै ओली प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘संस्थागत रूपले हामी त्यो सहमतिमा दृढ छौँ र त्यो सहमतिलाई हामी दृढतापूर्वक लागू गर्ने प्रतिबद्धता छ’, उनले थप्दै भने ‘ नेकपा एमालेको तर्फबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुन्छ र हामी उहाँलाई समर्थन गर्छौँ यो पनि हाम्रो प्रतिबद्धता छ।’