समाचार

योगेश भट्टराईको तर्क- अब प्रचण्डको उथलपुथलले काम गर्दैन 

By खबरहब

July 12, 2024

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताएका हुन् ।

उनले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समीक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताए ।  प्रचण्डबाट आफूहरूले संयमताको अपेक्षा गरेको बताउँदै गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् ।

सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठुला शक्तिहरूमा मेलमिलाप हुँदा देशलाई ठुलो उपलब्धि हुने बताए ।