राजनीति

कांग्रेस-एमालेबीचको सहमति लागु हुँदैन : डा. अमरेशकुमार सिंह

By खबरहब

July 12, 2024

काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागु नहुने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबी गरेका हुन् ।

सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबी गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरूले जिम्मेवारी पनि नलिएको बताए ।

सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीले पाँच बर्से कार्यकाल पुरा गर्न नसकेको विषयको खोजी गर्नुपर्ने बताए ।

सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।