राजनीति

नयाँ सरकार गठनका लागि दाबी गर्न कांग्रेस–एमाले शीतल निवास जाँदै

By खबरहब

July 12, 2024

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने भएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न राष्ट्रपति कार्यालय शीतलनिवास जाने तय भएको छ ।

शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् । पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

याे पनि

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर, शीतल निवास जाँदै कांग्रेस-एमाले