समाचार

भारतीय विदेश सचिवलाई उपप्रधानमन्त्री सिंहले भने- महाकालीमा झोलुङ्गे पुल निर्माणलाई सहज बनाऊँ

By खबरहब

August 12, 2024

काठमाडौं- उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसँग आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारमा भारतीय विदेश सचिव विक्रम मिश्री नेतृत्वको टोलीसँग भेटका क्रममा सिंहले महाकाली नदीमा पुल नहुँदा बर्षेनि नेपालीहरूले ज्यान गुमाउनुपरेको कुरा अवगत गराएका हुन् । उनले महाकालीका तुइन विस्थापित गरि झोलुङ्गे पुन निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन आग्रह गरेका हुन् ।

जवाफमा भारतीय सचिवले आफुले झोलुङ्गे पुन निर्माणका लागि सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाले जानकारी दिए ।

भेटका क्रममा नेपालको आर्थिक पूर्वाधारमा गरेको सहयोगको समिक्षा, नेपालको शहरी बिकासको क्षेत्रमा सम्भाव्य सहयोग लगाएतका बारेमा पनि कुराकानी भएको गेलालले बताए ।

त्यस्तै भेटवार्ताका क्रममा आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने बिषयमा छलफल भएको गेलालले बताए । मन्त्री सिंहले भारतीय सचिवलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।