सांकेतिक तस्वीर ।

समाचार

काठमाडौंमै खुकुरी हानेर फरार भएका दुई युवक पुरानो बसपर्कबाट समातिए

By खबरहब

August 12, 2024

काठमाडौं – रुकुमपूर्वका एकजना युवकलाई खुकरी हानेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने योजनासहित रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ २४ वर्षीय युवकलाई शुक्रबार राति खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा संखुवासभाको खाँदबारी नगरपालिका-५ भोटेबास घर भए र काठमाडौं महानगरपालिका-१८ बस्ने २५ वर्षीय मिङ्मा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा छन् ।

उनीहरूले काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिरअगाडि शुक्रबार राति रुकुमपूर्वका ती युवकलाई खुकुरी हानेर भागेका थिए।

फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि थप कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।