तस्बिर : इण्डियन टीभी

अन्तर्राष्ट्रिय

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते

By खबरहब

August 12, 2024

जेहनाबाद– भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा सात जनाको मृत्यु भएको छ, साथै अन्य नौ जना घाइते भएका छन् ।

 बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो  ।  

जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताए । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।  

जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी  लिइरहेको बताएका छन् । उनीहरूका अनुसार शव पोस्टमार्टमका लागि पठाइँदै छ ।  

यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गरे । यस्तै सो घटनाबारेमा अनुसन्धान भइरहेको छ ।