सांकेतिक तस्बिर

समाचार

पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ

By खबरहब

August 12, 2024

काठमाडौं बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर पोर्चुगल पठाउने भन्दै ठगी गरेर फरार एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पठाउने भनी ५ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी कैलालीको गोदवारीनगरपालिका-२ निवासी २७ वर्षीया दीपा चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले भक्तपुरको ठिमीबाट चन्दलाई आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।