फाइल फोटो

जीवनशैली

शंख बजाउनुका फाइदा र धार्मिक मान्यता

By खबरहब

August 12, 2024

काठमाडौं- विशेषतः हिन्दु धर्मावलम्बीहरुले पूजापाठसहितका धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । पूजापाठमा शंख अनिर्वाय बजाइन्छ । मन्दिरमा शंखको ध्वनि सुनिन्छ । मृत्यु संस्कारमा पनि शंख प्रयोग गरिन्छ । मन्दिर वा घराको पूजा कोठामा शंख राखिएको हुन्छ । देवी देवताको तस्विरमा पनि शंख देखिन्छ ।

शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरको खबटा हो । प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा लगाइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा खोल हो ।

यसलाई विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान् विष्णुले आफ्नो हातमा धारण गरेको देखाइएको छ । तर शंख किन बजाउने गरिन्छ त ?

शंखका उपयोगिता ?

धार्मिक कारण

१. शंख बजाउँदा वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ । २. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ भनिन्छ । ३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास छ । ४. यसको ध्वनिले भूतप्रेम, पिशाच भाग्ने विश्वास गरिन्छ । ५. वास्तुशास्त्र अनुसार शंखध्वनिले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

स्वास्थ्य लाभ

१. यसको ध्वनिले वातावरणका कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछन् । २. शंख बजाउँदा फोक्सोको व्यायाम हुनाले दमका रोगीलाई फाइदा पुग्दछ । ३. शंखमा पानी सञ्चित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ । ४. यसले हड्डी र दाँतका लागि राम्रो काम गर्छ । ५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ । ६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा फाइदा हुन्छ । ७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा चमक ल्याउँछ । ८. शंखमा राखेको पानीमा गुलाबजल मिसाएर कपाल धुँदा बलियो, मुलायम र बाक्लो हुन्छ ।

एजेन्सीको सहयोमा