देश/प्रदेश

मनसुनी र पश्चिमी वायुको प्रभाव, थोरै भूभागमा वर्षाको सम्भावना

By खबरहब

October 12, 2024

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश लगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। देशका बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।