समाचार

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

By खबरहब

October 12, 2024

 मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन् ।  

टीकाको शुभसाइतमा उनले आज झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री कार्की आज दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । उनले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्भावकासाथ दसैँ मनाउन आग्रह गरेका छन् । 

कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाले विपद्को सामना गर्दै एकापसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन उनले आग्रह गरेका हुन् ।