समाचार

डडेल्धुरामा बोराभित्र एक बालिकाको शव भेटियो 

By खबरहब

October 12, 2024

डडेल्धुरा – डडेल्धुरामा प्लास्टिकको बोराभित्र बालिकाको शव भेटिएको छ । जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोराभित्र भेटिएको हो।

शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको प्रहरीले जनाएको छ।  स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ। प्रहरीले शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएको छ।