समाचार

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका 

By खबरहब

October 12, 2024

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

शनिबार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । 

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।