अन्तर्राष्ट्रिय

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

By खबरहब

October 12, 2024

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी–रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन् ।

दुई सिटको स्टेयरिङ र पेडल दुवै नभएको यस ट्याक्सी ३० हजार डलरमा किन्न सकिने बताइएको छ । मस्कले सन् २०२७ अघि साइबर क्याबको उत्पादन सुरु हुने आशा व्यक्त गरेका छन् ।

कम्पनीले २० जना बोक्न सक्ने क्षमताको अर्को अटोनोमस गाडी ‘रोबोभन’ पनि सार्बजनिक गरेको छ । यसमा सामान पनि बोक्न सकिन्छ । उदाहरण दिँदै मस्कले यसलाई खेलकुद टोलीको ढुवानीका लागि प्रयोग गर्न सकिने बताएका छन् ।