काठमाडौं– ट्रंक तथा डेडिकेटेड महशुलबारे निर्णय गर्न नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बसिरहेको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले बिजुलीको बक्यौता नतिरेर लाइन काटिएका उद्योगीहरूको लाइन जोडाउन र पैसा तिर्नु नपर्ने लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयले लिखित निर्देशन दिइसकेको छ । तर, प्राधिकरणले हालसम्म उद्योगमा लाइन जोडको छैन ।
प्राधिकरण सञ्चालक समितिको बैठक समितिका सदस्य सचिव तथा कार्यकारी निर्देशकले बोलाउने चलन छ ।