काठमाडौं– राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयर धनीलाई बोनस घोषणा गरेको छ ।
कम्पनीका सचिव लफिन काजी बज्राचार्यका अनुसार शेयरधनीका लागि कम्पनीले ५ प्रतिशत बोनस घोषणा गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको ८ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको हुन आउने ८ लाख ३३ हजार ९०४ कित्ता बोनस शेयर र कर प्रयोजनका लागि ४३ लाख ८८ हजार ९७२ रुपैयाँ बराबरको ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले बोनस पारित गर्न पुस १८ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ४ गतेलाई बुक क्लोज मिति तय गरेको छ । पुस ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पाउने छन् ।
यसैबीच बोनस दिएपछि कम्पनीले हकप्रद शेयर पनि जारी गर्ने भएको छ । कम्पनीका सचिव बज्राचार्यका अनुसार बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजीको १ः०.६९८९ शेयरको अनुपातमा प्रतिशेयर १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद शेयर जारी हुनेछ ।
उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी साधारणसभाले पास गरेपछि जारी गरिने कम्पनीले जनाएको छ ।