अन्तर्राष्ट्रिय

अमेरिकी नौसेनाको हेलिकप्टर प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

By खबरहब

January 13, 2024

क्यालिफोर्निया– अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटना भए पनि चालक दलका सबै सदस्य बाँच्न सफल भएको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेका छन् ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए । सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरु घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए ।

अमेरिकी नौसेना कमाण्डरले एमएच–६० आर हेलिकप्टर शुक्रबार साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो । हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।

यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।