खेलकुद

प्रिमियर लिग : बर्नली र लुटन टाउनले खेले बराबरी

By खबरहब

January 13, 2024

काठमाडौँ– प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन् । आज बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अंक बाँडेका छन् ।

बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरेका थिए ।

खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन टाउनका मोरिसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उता बर्नलीे सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

जारी लिगमा २१ खेल खेलेको बर्नली १२ अंकका साथ अन्तिमबाट दोस्रो १९औँ स्थानमा छ । २० खेल खेलेको लुटन टाउन १६ अंक जोडेर १८औँ स्थानमा छ ।