सांकेतिक तस्वीर

देश/प्रदेश

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

By खबरहब

January 13, 2024

बिर्तामोड– झापाको झापा गाउँपालिका-६ फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

झापा गाउँपालिका-५ का ३२ वर्षीय गुणा राजवंशीको मृत्यु भएको प्रहरीको भनाइ छ। 

शुक्रबार साँझ झापा-६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडकखण्डमा ललितपुर सातदोबाटोका दीपक शङ्कर सवार बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकलमा सवार राजवंशीलाई ठक्कर दिएको थियो।  

घाइते राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।