तस्बिर- एएफपी

अन्तर्राष्ट्रिय

चीनले ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएका व्यक्ति बने ताइवानको नयाँ राष्ट्रपति

By खबरहब

January 13, 2024

काठमाडौं- ताइवानमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी डीपीपीका उम्मेदवार लाई चिङ त निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा यसअघि उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएको लाई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वीहरु कुओमिङतान पार्टीका उम्मेदवार होउ यु इह र ताइवान पिपुल्स पार्टीका उम्मेदवार को वेन जेलाई पराजित गरे । दुबै उम्मेदवारले आफ्नो पराजय स्वीकार गरिसकेको रोयटर्सले जनाएको छ ।

लाई पृथक ताइवानी पहिचानको समर्थक रहेको बताइन्छ । चीनले भने लाईलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिँदै ताइवानले स्वतन्त्रताको घोषणा गरेको खण्डमा त्यसले युद्ध निम्त्याउने चेतावनी दिँदै आएको छ ।

लाईले शान्ति र यथास्थितीलाई जोगाउन आफू दृढ रहेको बताउने गरेका छन् ।