फाइल

समाचार

रबि भन्छन्- ठूला दलले संविधान र व्यवस्थाविरुद्ध काम गरे

By खबरहब

January 13, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्ध काम गरेको बताए ।

शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा सभापति लामिछानले चूनावमा पराजित भएकालाइ चोरबाटोबाट राष्ट्रियसभामा ल्याउनका लागि ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका हुन् ।

शासनसत्तालाई आफ्नो मुठ्ठीमा राखेर गठबन्धन दलहरुले राष्ट्रपतिबाट चयन हुने राष्ट्रियसभा सदस्यमा पनि चूनाव हारेकालाई नै पठाउन खोजेको उनले बताए ।

लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारुढ दलले नै गरेको आरोप लगाए। उनले ठूला–ठूला फाइल खोलेपनि आफ्ना मान्छेलाई जोगाउनका लागि फाइल नै बन्द गरेको जिकिर गरे ।

राजनीतिलाई सहि ठाँउमा ल्याउन योग्य इमान्दार युवाहरुलाई स्थान दिनुपर्ने उनको भनाइ छ ।