अन्तर्राष्ट्रिय

अल्जाइमरको उपचारमा हुनसक्छ नयाँ क्रान्ति

By मनोज घिमिरे

February 13, 2024

अल्जाइमरको निश्चित र भरपर्दो औषधिको पर्खाइमा रहेका धेरै जनाका लागि एउटा निराशाजनक खबर यो साता देखा परेको छ। बेलायतको नियामक संस्था एनएचएसले लेकानेम्याब र डोनानेम्याबलाई अल्जाइमरका बिरामीका लागि प्रयोगमा ल्याउन अझ केही समय पर्खने नीति लिएको छ।

डिमेन्सियाको सुरुवाती चरणमा कसैलाई यसको अत्तोपत्तो नै हुँदैन। यसको असर देखिने बित्तिकै प्रयोग गरेमा धेरै समस्या समाधान हुने तथा गम्भीर अवस्था आउन बाट बच्न उपयुक्त हुनसक्ने ठहर गरिएको यो दुई औषधी प्रयोगका लागि एनएचएसले केही समय हतार नगर्ने नीति लिएको हो।

डिमेन्सियाको सुरुवाती चरणमा कसैलाई यसको अत्तोपत्तो नै हुँदैन। यसको असर कत्ति पर्ने भन्ने कुरा कुन समयमा रोगको पहिचान हुन्छ भन्नेमा निर्भर रहेको हुन्छ। यसको लागि एकदमै विशेषज्ञ व्यक्तिले परीक्षण गर्नु आवश्यक हुन्छ।

यो अल्जाइमरले गर्ने असर भन्दा कारण र मूल जरोमा नै केन्द्रित रहेर उपचार गर्ने विधिको खोजी हो। त्यसको प्रभावकारिता र उपयोगीताका बारे अहिले छलफल भइरहेको हो। यसको असर कत्ति पर्ने भन्ने कुरा कुन समयमा रोगको पहिचान हुन्छ भन्नेमा निर्भर रहेको हुन्छ। यसको लागि एकदमै विशेषज्ञ व्यक्तिले परीक्षण गर्नु आवश्यक हुन्छ।

यसको आर्थिक भारको बहस त आवश्यक हुन्छ। साथै यसको साइड इफेक्टका बारे पनि छानबिन हुनु त्यत्तिकै जरुरी छ। हम्पसायरकी ६२ वर्षीय डाउन अहिले ट्रायलमा सहभागी छिन्। उनलाई डोजको बारे जानकारी आवश्यक भइरहेको छ। उनलाई गत वर्ष नै बिर्सने समस्या देखा परेको थियो। उनले यस कुराको समयमै याद गरेकी थिइन्। उनलाई टिभीको कार्यक्रम पछ्याउन समेत कठिन भएको थियो। ‘मलाइ सोही समयमा केही नमिलेको आभास भएको थियो’ उनको कथन छ।

परीक्षण गर्दा उनको मस्तिष्कमा एमीलायड नामको एउटा घातक प्रोटिनको मात्रा बढी रहेको थियो। यो नै अल्जाइमरको एउटा प्रमुख कारण थियो। एमीलायडले नसाको सेरोफेरोमा केही जंगुर र झलक अथवा दाग जस्तो पैदा गर्छ। यसले नियमित काम गर्नका लागि समस्या उत्पन्न गर्छ। विस्तारै मानिसको मस्तिष्कले सूचना पाउने काममा कमी आउन थाल्छ। योक्रम २० वर्षसम्म चल्नसक्छ। यसरी लामो समय विस्तारै असर गर्दै गएर मानिसलाई अल्जाइमरको उच्च बिन्दुमा मस्तिष्कले काम नै नगर्ने अवस्था पनि हुनसक्छ।

डोनानम्याब र लेकानेम्याब दुई किसिममा एन्डीबडी हुन्। यसले शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया र भाइरसलाई आक्रमण गर्छ। यसले एमीलायडलाई कमजोर बनाउने तथा इम्युन सिस्टमलाई बलियो बनाउँदै शरीरलाई जोगाउने काम गर्छ।

डोनानम्याब र लेकानेम्याब दुई किसिममा एन्डीबडी हुन्। यसले शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया र भाइरसलाई आक्रमण गर्छ। यसले एमीलायडलाई कमजोर बनाउने तथा इम्युन सिस्टमलाई बलियो बनाउँदै शरीरलाई जोगाउने काम गर्छ।

डाउन उपचार लाग्ने कुरामा विश्वस्त छिन्। औषधीले काम गरेमा उनी विस्तारै अल्जाइमर र मानसिक रोगको दुनियाँमा नौलो क्रान्ति नै हुने कुरामा विश्वस्त छिन्।

अल्जाइमरको रोगबाट ग्रसित फर्गस वाल्सले यसको औषधीबाट धेरै कुरामा सुधार भएको महसुस गरिरहेका छन्। यो नै प्रमुख प्वाइन्ट हो या होइन भन्ने कुरामा अब धेरैको चासो छ।

अहिले विश्वव्यापी रूपमा भइरहेको परीक्षणलाई हेर्दा १८ महिनाको अन्तरालमा अल्जाइमरमा एक चौथाइदेखि तीन चौथाइसम्मको असर परेको छ।

लन्डन युनिभर्सिटी कलेजका वरिष्ठ नसा रोग विशेषज्ञ तथा यस परीक्षणको नेतृत्व गरिरहेका डा. क्याथ मोमरी यो सबै अर्थपूर्ण हुने बताउँछिन्। उनको विचारमा १८ महिनामा धेरै कुरा भइसकेको छ। अबको केही महिनामा यसले नयाँ स्वरूप पनि दिनसक्ने छ।

आइसाइ एन्ड बायोगेनले तयार पारेको लेकानेम्याबले अहिले नै अमेरिकामा अनुमति पाइसकेको छ। यसको मूल्य वार्षिक दुई हजार अमेरिकी डलर पर्छ।

अहिले विश्वव्यापी रूपमा भइरहेको परीक्षणलाई हेर्दा १८ महिनाको अन्तरालमा अल्जाइमरमा एक चौथाइदेखि तीन चौथाइसम्मको असर परेको छ।

बेलायतको अर्को नियामक संस्था मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट रेगुलरीटी एजेन्सी (एचएचआरए)ले पनि यसको बारे अध्ययन गरिरहेको छ। अबको केही समयमा नयाँ स्वरूप आउने र यसले बेलायतमा बढ्दै गएको मानसिक रोगको समस्यामा धेरै हदसम्म कमी ल्याउने अपेक्षा गरेको छ। इलीलीले बनाएको डोनानेन्याबले भने लाइसेन्स पाउन धेरै लामो समय पर्खनु पर्ने पनि हुनसक्छ।

यी दुवैको औषधिको गम्भीर साइड इफेक्ट पनि हुनसक्छ। मस्तिष्क सुन्निने र रगत बग्ने समस्या पनि हुनसक्छ। डोनानेम्याबको प्रयोग गरेका ८ सय ५३ मध्ये तीन जनाको ज्यान गएको छ। यसको मतलब यो सेवन गर्नेहरूले मस्तिष्कको एमआरआई पनि गर्नु जरुरी छ।

यसको साइड इफेक्टले केही व्यक्तिलाई मात्र गम्भीर समस्या उत्पन्न हुनेछ। डा. क्याथ मोमरी भने फरक मत राख्न चाहन्छिन्। उनको विचारमा यो वैकल्पिक औषधिको रूपमा मात्र प्रयोग गर्न सकिन्छ। अन्यथा सबैले जोखिम उठाउन नहुने उनको मत छ। यसले मान्यता पाए पनि बेलायतका सर्वत्र यो औषधी पाइन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन।

द नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सलेन्स (नाइस) र स्कटीस मेडिसिन कन्जुरियमले यी दुवैको औषधिको प्रभावकारिताको साथै मूल्यका बारे पनि बहस गर्नेछ।

शरीरमा एलीमायडको मात्रा पत्ता लगाउनका लागि पेइट स्क्यान तथा लम्बर पन्चर मार्फत परीक्षण गर्नु आवश्यक हुन्छ।

नाइसले पनि हरियो बत्ती बालेमा बेलायतमा ८० हजार देखि २ लाख ८० हजारसम्मले यसको प्रयोग गर्न सक्ने छन्। औषधी र अन्य उपचार सहित वर्षको पाँच सय देखि १ अर्ब युरोसम्म पनि खर्च हुनसक्छ। एनएचएस भने यसको आपूर्तिका लागि अझै तयार छैन। शरीरमा एलीमायडको मात्रा पत्ता लगाउनका लागि पेइट स्क्यान तथा लम्बर पन्चर मार्फत परीक्षण गर्नु आवश्यक हुन्छ। बेलायतमा २ प्रतिशतले मात्र यसरी परीक्षण गर्ने गरेका छन्। अबको पाँच वर्षमा रक्त परीक्षण मार्फत एलीमायडको मात्रा नाप्ने नयाँ प्रविधि आउने अनुमान गरिएको छ।

बेलायतमा अल्जाइमर अनुसन्धानका निर्देशक सुसान कोहलासले बेलायतका दुई तिहाइ अल्जाइमर रोगीले कुनै ढङ्गको परीक्षण गरिरहेको बताउँछिन्।

एनएचएसका अनुसार कोरोना महामारीको समयमा डिमेन्सियाको रोग सबै भन्दा बढेको थियो। एनएचएसले अबको केही समयमा नै यसको पूर्ण औषधी पत्ता लगाउने पनि जनाएको छ।

कम उमेरमा पनि यो समस्या छ। ३३ वर्षीय पेट यसै समस्याबाट ग्रसित छन्। उनकी आमा सोही उमेरमा अल्जाइमरबाट पीडित भएकी थिइन्। ४१ वर्षमा उनको ज्यान गएको हो।

उत्तरी योर्क सायरकी ७३ वर्षीया पाउलले दुई वर्ष अगाडि बिर्सने बानी परेको महसुस गरेकी थिइन। दुई वर्षमा यो समस्या अत्यन्त बढेको छ। उनले स्क्यान गर्न पाँच महिना कुरेका थिए। उनले अझै औपचारिक परीक्षण गर्न पाएका छैनन्। यो ढिला सुस्तीले उनलाई अप्ठेरो पारेको छ। उपचारमा हुने ढिलाइले उनलाई सताएको हो।

कम उमेरमा पनि यो समस्या छ। ३३ वर्षीय पेट यसै समस्याबाट ग्रसित छन्। उनकी आमा सोही उमेरमा अल्जाइमरबाट पीडित भएकी थिइन्। ४१ वर्षमा उनको ज्यान गएको हो। सन् २०१८ मा उनलाई प्रेसेलिनिन वान खालको अल्जाइमर भएको पत्ता लागेको थियो। दुई औषधिको प्रयोग गरेका उनलाई अहिले कुनै लक्षण छैन।

अल्जाइमरको परिपक्व उपचार पद्धति नै छैन। तर केही औषधिको प्रयोग अहिले पनि गरिएको छ। डोनापेजील सबै अवस्थामा प्रयोग हुन्छ। सामान्य अवस्थामा गालान्टामाइन र रिभाइस टिग्माइनको प्रयोग हुन्छ। स्रोत : बीबीसी, मायो क्लिनिक