समाचार

अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख : अर्थमन्त्री

By खबरहब

February 13, 2024

काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन् ।

१३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले राजस्व बढेको, आर्थिक गतिविधि चलायमान भएको भन्दै अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए ।

उनले आवश्यकता हेरेर लक्ष्य निर्धारण गरे पनि बिभिन्न शीर्षकमा अप्रयाप्त रहेको धारणा राखे । स्रोतबिना यसअघि सरकारले गरेका बिभिन्न योजना र कार्यक्रममा ल्याएकोले स्रोत व्यवस्थापन गर्न कठिन भएको उनले बताए ।

मन्त्री महतले आगामी दिनमा राजस्व र आन्तरिक तथा बाह्य लगानी बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री महतले रेडियोलाई रोयल्टीको जरिवाना वापतको रकम छुट दिनका लागि निर्णय भइसकेको बताए । ‘रेडियो सूचना शिक्षा र मनोरञ्जनको एक शताब्दी’ भन्ने नाराका साथ विश्व रेडियो दिवस मनाइएको हो ।