ब्रेकिङ स्टोरी

पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

By खबरहब

February 13, 2024

पाल्पा– पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

मंगलबार साँझ भएको दुर्घटनामा कम्तिमा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ।

 थप विवरण आउन बाँकी छ।