राजनीति

दुर्गा प्रसाईंको शक्ति प्रदर्शनका यी दृश्य

By खबरहब

February 13, 2024

काठमाडौं- जनयुद्ध दिवसलाई चुनौती दिन विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंगलबार काठमाडौंमा शक्ति प्रदर्शन गरे । उनले राजसंस्था पुनर्स्थापनको एजेन्डा बोकेर विभिन्न प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् ।

आज प्रसाईंको समूहले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नगारिक बचाऊ’ अभियानको वार्षिकोत्सव समेत मनायो । गणतन्त्रको विरोधको कार्यक्रममा नागरिक सहभागिता बढाउन उनी बैंक, वित्तीय संस्था र मिटरब्याजबाट पीडित बनेकाको समर्थनमा चर्को बोल्छन् ।

अर्थात् उनले मिटरब्याजी, लघुवित्त र सहकारीबाट पीडित बनेकाहरुलाई न्याय दिलाउनले आशले प्रयोग गरिरहेका छन् ।

आजको कार्यक्रम विभिन्न लघुवित्त, सहकारी र मिटरब्याजबाट पीडित बनेकाहरुको बाक्लो उपस्थिति थियो । न्यायको अन्तिम आश प्रसाईं सोचेर काठमाडौं आएकाहरु-

तस्बिर- चिरायु शाक्य