समाचार

एकीकृत समाजवादीका नेता श्रेष्ठद्वय एमालेमा फर्किए

By खबरहब

February 13, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शङ्करनारायण श्रेष्ठलाई आज नेकपा एमालेमा प्रवेश गराएका छन् ।

अध्यक्ष ओलीले फेरि आफ्नै घर फर्किएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै उनीहरूलाई धन्यवाद पनि दिए । “तपाईंहरु त्यहाँ बसिरहेको भए आफ्नो र पार्टीमा खासै प्रगति हुँदैनथ्यो तर देशका लागि अहित पनि हुँदै जान्थ्यो”, ओलीले भने ।

पुरानो पार्टीमा फर्केका नेताद्वयले आत्मालोचना गर्दै अब नेकपा एमालेको सङ्गठन विस्तारमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।