राजनीति

राष्ट्रियसभा बैठक बस्दै, बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरिने

By खबरहब

March 13, 2024

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर ९ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा सभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गर्ने कार्यसूची छ ।

यस्तै, विषयगत समितिमा रहेका सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका साथै राष्ट्रियसभा विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्ने सम्भावित सूची छ ।

यसैगरी आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने जनाइएको छ ।