Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

खेलकुद

करन केसीले लिए पपुवा न्युगिनीको पहिलो विकेट

By खबरहब

March 13, 2024

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिला फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै एक विकेट लिएको छ ।

नेपालका करन केसीले पहिलो ओभरमै पपुवा न्युगिनीका सीसी बाउलाई शुन्य रनमा आउट गरे ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि नेपालले हिजो पपुवा न्युगिनीमाथि सानदार जित निकाल्दै फाइनलमा पुगेको थियो भने हङकङ पपुवा न्युगिनीसँग पराजित भएको थियो ।