Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

खेलकुद

आकाश चन्दले लिए पपुवा न्युगिनीको दोस्रो विकेट

By खबरहब

March 13, 2024

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको छ ।

पहिलो ओभरमा नै विकेट गुमाएको पपुवा न्युगिनीले दोस्रो ओभरमा पनि निरन्तर विकेट गुमायो । पपुवा न्युगिनीको पहिलो विकेट करन केसी र दोस्रो विकेट आकाश चन्दले लिए ।

करन केसीले पहिलो ओभरमै पपुवा न्युगिनीका सीसी बाउलाई शुन्य रनमा आउट गर्दा दोस्रो ओभार बलिङ गरेका आकाश चन्दले कप्तान आसाद भालालाई २ रनमा आउट गराए ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि नेपालले हिजो पपुवा न्युगिनीमाथि सानदार जित निकाल्दै फाइनलमा पुगेको थियो भने हङकङ पपुवा न्युगिनीसँग पराजित भएको थियो ।