Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

खेलकुद

आकाश चन्दले लिए पपुवा न्युगिनीको तेस्रो विकेट

By खबरहब

March 13, 2024

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालका आकाश चन्दले पपुवा न्युगिनी (पीएनजी)को दुई विकेट लिएका छन् ।

दोस्रो ओभरमा कप्तान आसाद भालालाई २ रनमा आउट गरेका आकाशले चौथो ओभरमा लिगा सीकालाई पनि २ रनमा आउट गरे ।

पपुवा न्युगिनीको पहिलो विकेट करन केसीले लिएका थिए । केसीले पहिलो ओभरमै पपुवा न्युगिनीका सीसी बाउलाई शुन्य रनमा आउट गरेका हुन् ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि नेपालले हिजो पपुवा न्युगिनीमाथि सानदार जित निकाल्दै फाइनलमा पुगेको थियो भने हङकङ पपुवा न्युगिनीसँग पराजित भएको थियो ।