Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

खेलकुद

पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य

By खबरहब

March 13, 2024

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए । करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।