Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

खेलकुद

नेपालको खराब सुरुवात, ७ ओभरमा गुमायो ४ विकेट

By खबरहब

March 13, 2024

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरु गरेको छ ।

१७२ रनको लक्ष्य पछ्याएको नेपालका दुबै ओपनर सस्तैमा आउट भए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ रनमा आउट हुँदा गुलसन झा ६ रनमा पभेलिएन फर्किए ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए । करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।